Rule 164
विद्यालयलाई अनुदान दिने
(१) सामुदायिक विद्यालयलाई नेपाल सरकारबाट दिइने अनुदान रकम मन्त्रालयले एकमुष्ट जिल्ला शिक्षा कोषमा पठाउनेछ ।
(२) जिल्ला शिक्षा समितिले विद्यालयबाट प्राप्त वजेट समेतलाई अध्ययन गरी विद्यालयलाई देहायका आधारमा अनुदान बाँडफाँड गर्नेछः–
(क) विद्यालयको विद्यार्थी संख्या,
(ख) विद्यालयको शिक्षक संख्या,
(ग) विद्यालयको परीक्षाको परिणाम,
(घ) विद्यालयको आर्थिक अवस्था ।
(३) उपनियम (१) बमोजिम बाँडफाँड गरिएको रकम जिल्ला शिक्षा अधिकारीले वितरण गर्नेछ ।